एजेन्सी । पोप लियो १४ औँ भनेर चिनिने नयाँ पोप रोबर्ट प्रेभस्ट क्याथोलिक चर्चको नेतृत्व गर्ने पहिलो अमेरिकी नागरिक भएका छन्।
सेन्ट फिचर स्क्वायरमा भएको समारोहमा उपस्थित हजारौँले ६० वर्षीय पोपलाई स्वागत गरे । भेटिकन बल्कोनीबाट बोल्दै उनले भने, ‘तपाईंहरु सबैलाई शान्ति मिलोस्।’
सिकागोमा जन्मिएका उनी धेरै वर्षदेखि पेरुमा रहेर मिसिनरीको काम गर्दै थिए । संसारका धेरै नेताले उनलाई बधाई दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ पोप अमेरिकी हुनु आफ्नो देशका लागि समेत गर्वको विषय भएको बताएका छन् ।
संसारका धेरै देशका शीर्ष नेताले नयाँ पोपलाई बधाई दिएका छन् । अमेरिकाका पूर्व राष्ट्रपति जो बाइडेन र बाराक ओबामाले नयाँ पोपलाई बधाई दिएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २६ बैशाख २०८२, ०९ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पोप फ्रान्सिसको अवस्था अझै गम्भीर