काठमाडौं । गृहमन्त्री रमेश लेखकले संसद्मा जवाफ दिँदै छन् । यही १२ देखि २३ वैशाखसम्म संसद्मा उठेका गृह मन्त्रालयको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।संसद्मा नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीको पक्राउबारे पनि सांसदहरूले सरकारको जवाफ खोजेका छन् ।
नाउपाका सांसदहरूले रेशम चौधरीको पक्राउबारे सरकारको जवाफ नदिए संसद्मा अवरोध गर्ने चेतावनी समेत दिएका थिए । यही १७ वैशाखमा नाउपा र जनमत पार्टीबीच एकीकरण गर्ने तय भएको थियो । एकीकरण घोषणाका लागि प्रज्ञा भवनमा पुगेका बेला रेशम चौधरी पक्राउ परेका थिए ।
सर्वोच्च अदालतबाट जारी भएको भनिएको पक्राउ पुर्जी फर्जी रहेको थाहा लागेपछि रेशम चौधरी छुटेका थिए । त्यसक्रममा रशेम चौधरीले ५ घण्टा डिल्लीबजार कारागारमा बिताएका थिए । यो विषयमा सांसदहरूले सरकारको जवाफ मागेपछि गृहमन्त्रीले जवाफ दिन लागेका हुन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, १२ : २१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव