काठमाडौँ । तीनकुनेमा आज बिहान बसले दुईवटा सवारी साधनलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने अन्य तीनजना घाइते भएका छन्।
बिहीबार बिहान करिब साढे ६ बजे काठमाडौँ महानगरपालिका- ३२ तिनकुनेस्थित मुनिभैरबमा बसले मारुती भ्यान र मोटरसाइकललाई ठक्कर दिएको प्रहरी वृत्त बानेश्वरले जनाएको छ।
दुर्घटनामा मोटरसाइकलमा सवार नुवाकोट घर भई हाल ललितपुर धोबीघाट बस्ने २३ वर्षीया नगिना तामाङको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएकी तामाङको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा मोटरसाइकल चालक रामेछाप दोलम्बा गाउँपालिका- ३ घरभइ काठमाडौँको नयाँबजार बस्ने २७ वर्षीय पदम थापा मगर घाइते भएका छन्। उनको पनि ट्रमा सेन्टरमै उपचार भइरहेको छ।
बसको ठक्करबाट भ्यानका चालक काभ्रेकाे मण्डनदेवपुर नगरपालिका- १ घर भइ हाल काठमाडौँ महानगरपालिका- ३१ शान्तिनगर बस्ने वर्ष ३५ का रत्नबहादुर सार्की र बसमा सवार दोलखाको गौरीशंकर गाउँपालिकाकी २४ वर्षीया मेनुका बुढाथोकी पनि घाइते भएकी छन्।
थापा, सार्की र बुढाथाेकी सबैको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ।
कोटेश्वरबाट बानेश्वरतर्फ आउँदै गरेको बा ३ ख ७०६२ नम्बरको बसले सोही दिशाबाट आइरहेको बा.प्र ०१-०२६ च २९२७ को इको मारुती भ्यान र बा.प्र.०२-०५३ प ३८४७ नम्बरको पल्सर मोसालाई ठक्कर दिदाँ दुर्घटना भएको हो।
दुर्घटनापछि प्रहरीले बस चालक इलामको सूर्योदय नगरपालिका- ५ घर भइ काठमाडौँको काँडाघारी बस्ने ५९ वर्षीय राम कुमार खड्का र भ्यान चालक काभ्रेको मण्डन देवपुर नगरपालिका- १ घर भई हाल काठमाडौँको शान्तिनगर बस्ने ३५ वर्षीय रत्न बहादुर सार्कीलाई नियन्त्रणमा लिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चितवनमा बस अनियन्त्रित भएर रुखमा ठोक्कियो, १२ जना घाइते
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
कोहलपुरमा जिपको ठक्करबाट एक वृद्धको मृत्यु
कञ्चनपुरमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा युवतीको मृत्यु
सिन्धुलीमा कार र मोटरसाइकल ठोक्किँदा एकजना गम्भीर घाइते
ट्रकको ठक्करबाट आमाको मृत्यु, छोरा घाइते