काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् ।
जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको हो ।
उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कपिलबस्तु अदालतका तहसीलदार र कम्प्युटर अपरेटर घुससहित पक्राउ
भरतपुर क्यान्सर अस्पतालकी लेखा अधिकृत ६ लाख घुससहित पक्राउ
४ लाख १२ हजार घुस रकमसहित दुई जना पक्राउ
नापी कार्यालयका सर्वेक्षक घुससहित पक्राउ