काठमाडौं । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)बाट एक जना कम्प्युटर अपरेटर घुससहित पक्राउ परेका छन् ।
जिल्ला अदालतमा कार्यरत राम लखन बनियालाई दुई लाख घुससहसित नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले जनाएको छ ।
बुटवलबाट खटिएको अख्तियारको टोलीले राम लखनलाई पाल्हिनन्दन गाउँपालिका-३ बेलासपुर चोकबाट बुधबार नियन्त्रणमा लिएको हो ।
उनले लागुऔषध मुद्दामा पुर्पक्षका लागि कारागार चलान भएका व्यक्ति छुटाइदिने भन्दै दुई लाख घुस लिएको आरोप छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ०८ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मुद्दा मिलाइदिने भन्दै घुस लिने हवल्दार पक्राउ
वीर अस्पतालका लेखा अधिकृत घुससहित पक्राउ
शिक्षक नियुक्तिमा घुस लिने क्रममा प्रधानाध्यापकसहित दुई जना पक्राउ
बाँके जिल्ला अदालतका नायब सुब्बा घुससहित पक्राउ
कैलालीका वरिष्ठ वन अधिकृत ७ लाख ३१ हजार घुससहित पक्राउ
५ लाख ७० हजार घुससहित इन्जिनियर पक्राउ