काठमाडौं । संघीय संसदका विभिन्न दुईवटा समितिको बैठक बस्दैछ । आज विधायन व्यवस्थापन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो ।
राष्ट्रियसभा अन्तर्गत रहेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बिहान ११ बजे समितिको बैठक कक्ष सिंहदरबारमा बस्ने छ । बैठकमा राष्ट्रिय गौरवका आयोजनाहरु (गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला, उत्तर दक्षिण (कोशी कोरिडोर) लोकमार्ग, रेल्वे तथा मेट्रो विकास आयोजना, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम)को स्थलगत अनुगमन प्रतिवेदनको मस्यौदामाथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा सुरु हुनेछ । बैठकमा पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ को मस्यौदा प्रतिवेदनमा छलफल हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ०७ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल टेलिभिजनका उपकरण तथा सेवा खरिदबारे चार सदस्यीय छानबिन समिति गठन
कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको बैठक बस्दै
महिला तथा सामाजिक मामिलासहित तीनवटा समितिको बैठक बस्दै
सार्वजनिक नीति र संघीयता सबलीकरण समितिको बैठक बस्दै
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै