झापा । झापाको मेचीनगर-७ स्थित जोरसिमलबाट प्रहरीले ठूलो परिमाणमा भारतीय रुपैयाँसहित एक जनालाई पक्राउ गरेको छ।
सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाबाट खटिएको गस्तीले मेचीनगर–७ स्थित जोरसिमलमा काँकरभिट्टाबाट विराटनगरतर्फ जाँदै गरेको बसमा शंका लागि जाँच गर्ने क्रममा भारु १४ लाख ९९ हजार सात सय रुपैयाँ फेला परेको हो।
उक्त रुपैयाँसहित मोरङ उर्लाबारी-८ का ३८ वर्षीय डम्बरबहादुर कार्कीलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेड क्वाटर झापाका सशस्त्र प्रहरी नायब उपरीक्षक सुमन पोखरेलले जानकारी दिए।
बरामद नगदसहित कार्कीलाई आवश्यक कारबाहीका लागि आन्तरिक राजस्व कार्यालय, इटहरीमा बुझाउने प्रक्रिया भइरहेको सशस्त्र प्रहरीले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २५ बैशाख २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ