काठमाडौं । विपक्षी दलहरूले धितोपत्र बोर्डले आईपीओको अनुमतिमा कमिसन मागेको भन्ने विषय आएप्रति सरकारको ध्यानाकर्षण गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठक सुरु भए लगत्तै विपक्षी दलहरूले उठेर विरोध गरे । सभामुखले समय दिएपछि उनीहरूले ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको विषयमा सरकारसँग जवाफ मागे ।
प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आउनु खेदजनक रहेको बताए । ‘खुला खुला यसका बारेमा धितोपत्र बोर्डले कमिसनको बार्गेनिङ गरेको भन्ने आएको छ । म पार्टीको तर्फबाट ध्यानाकर्षण भएको जानकारी गराउन चाहन्छु’, उनले भने ।
यो विषयमा छानबिन हुनुपर्ने उनको माग छ । ‘धितोपत्र बोर्डमा कमिसनको खेलमा कारण ८९ वटा कम्पनीका आईपीओको अनुमति रोकिएको भन्ने आएको छ । यो विषयमाथि भरपर्दो संयन्त्रमार्फत छानबिन गर्न पर्यो’, उनले भने ।
यो विषयमा सभामुखले सरकारलाई रुलिङ गर्नुपर्ने उनको माग छ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद रोशन कार्कीले पनि धितोपत्र बोर्डले नै कमिसन मागेको जस्तो आरोप लागेपछि सरकारले ख्याल गर्नुपर्ने बताइन् ।
यस्तो कार्यमा संलग्नमाथि छानबिन भएर कारबाही हुनुपर्ने उनको माग छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २४ बैशाख २०८२, ११ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रास्वपा नेतृत्वको सर्वदलीय संवादपछि विपक्षी दल सिंहदरबारमा छुट्टै छलफलमा
प्रतिनिधिसभा बैठकमा विपक्षी दलको अवरोध कायमै
प्रधानमन्त्रीले सदनमै उपस्थित भएर स्पष्टीकरण दिनुपर्ने विपक्षी दलहरूको निष्कर्ष
अध्यादेश प्रक्रियापछि विपक्षी दलहरू संयुक्त छलफलमा
सभामुख भेट्न पुगे विपक्षी दलका नेताहरू
उपसभामुखलाई हटाउने काँग्रेस-एमालेको तयारीलाई असफल पार्ने विपक्षी दलहरूको निर्णय