हेटौँडा । बागमती प्रदेश सरकारले प्रदेशसभाको बजेट अधिवेशन जेठ ५ गतेका लागि आह्वान गर्न सिफारिस गर्ने निर्णय गरेको छ । प्रदेश सरकारको मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले वर्षे (बजेट अधिवेशन) ५ गतेका लागि आह्वान गर्न प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेका अनुसार बजेट अधिवेशन ५ गते ११ बजेका लागि बोलाउने गरी प्रदेश प्रमुख समक्ष सिफारिस गर्ने मन्त्रिपरिषद्को निर्णय भएको छ ।
उक्त सिफारिसका आधारमा प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले प्रदेशसभाको वर्षे अधिवेशन आह्वान गर्नेछन् । यसअघि प्रदेशसभाको हिउँदे अधिवेशन बैठक चैत २० गते अन्त्य गरिएको थियो ।
सत्तापक्ष र प्रतिपक्ष दलहरू बिचको विवादका कारण चैत १९ र २० गतेका लागि आह्वान गरिएको बैठक समेत बस्न नसकेपछि सरकारले प्रदेशसभाको अधिवेशन नै अन्त्य गरेको थियो ।प्रदेशसभाको बैठक गत माघ २६ गतेदेखि बस्न सकेको छैन भने प्रदेशसभामा विचाराधीन ४ वटा विधेयकका प्रतिवेदन समेत होल्ड भएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ११ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बागमती नदी करिडोरलाई उज्यालो बनाइने, सिसिटिभीमार्फत निगरानी
बागमतीमा साढे ७ अर्ब बजेट कटौती
बागमती सरकारले चालू आवको बजेट पुनरावलोकन गर्ने
बागमतीका नवनियुक्त पाँच मन्त्रीले लिए शपथ
बागमतीका मुख्यमन्त्रीले पाए विश्वासको मत
बागमतीमा आइतबार सार्वजनिक बिदा