एजेन्सी । दिल्ली क्यापिटलसँगको खेल पानीले अवरुद्ध भएपछि अंक बाँड्दै सनराइजर्स हैदरावाद यो सिजनको इीन्डयन प्रिमियर लिग (आईपीएल)बाट बाहिरिएको छ। ११ खेलमा तीन जित, सात हार सहेको हैदरावाद तीन खेल खेल्नु अगाडि नै आईपीएलबाट बाहिरिएको हो। हैदरावादले दिल्लीसँग अंक बाँडेपछि सात अंक बनाएको छ।
हैदरावादका प्याट कुमिन्सले सुरुवाती ३ ओभरमा नै ३ विकेट लिएको खेलमा दिल्ली १३३ रनमा सीमित भएको थियो। १३४ रनको झिनो लक्ष्य पछ्याएको हैदरावादले वर्षाका कारण ब्याटिङ गर्न नै पाएन। कमिन्सले कुल चार ओभरमा १९ रन खर्चेर तीन विकेट लिए। जयदेव उनादकदले पनि त्यत्तिकै उत्कृष्ट बलिङ गर्दै चार ओभरमा १३ रन खर्चेर १ विकेट लिएका थिए।
दिल्लीका शीर्ष पाँच ब्याट्सम्यानमध्ये लोकेश राहुल १० रन जोडे। अन्य चार ब्याट्सम्यानले दोहोरो अङ्क समेत छुन नसकेको खेलमा दिल्लीले २९ रनमा ५ विकेट गुमाइसकेको थियो। ट्रिस्टियन स्टब्स र आशुतोष शर्माले समान ४१–४१ रन प्रहार गरे। स्टब्सले ३६ बलमा चार चौकाको मद्दतमा नटआउट ४१ रन बनाएका हुन्। यी दुई जनाले सातौँ विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए।
हैदरावाद बाहिरिए पनि एक अङ्क दिल्लीका लागि महत्त्वपूर्ण साबित हुन सक्ने छ। सोमबारको खेलमा अंक बाँडेसँगै हैदरावाद पहिलो चरणबाट बाहिरिएको छ भने दिल्ली १३ अङ्क सहित पाँचौँ स्थानमा छ। शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २३ बैशाख २०८२, ०७ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित