काठमाडौँ । नेपाली काँग्रेसका प्रमुख सचेतक श्याम घिमिरेले काँग्रेस-एमालेबीचको सात बुँदे सहमतिमा टेकेर नै सरकारको नीति तथा कार्यक्रम आएको प्रष्टीकरण दिएका छन् । सोमबार संसद भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै घिमिरेले काँग्रेससमेतको सहभागितामा नीति तथा कार्यक्रम आएको बताए ।
उनले नीति तथा कार्यक्रमलाई लागू गर्न पर्याप्त आर्थिक स्रोत नभएकाले कार्यान्वयनमा चुनौती रहेको स्वीकारे । सरकारको नीति तथा कार्यक्रममा काँग्रेसका कसैको पनि ठूलो असन्तुष्टि नरहेको उनको भनाइ छ ।
उनले आगामी बजेट नीति तथा कार्यक्रमलाई सम्बोधन गर्ने गरी आउनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १५ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ
कारागारका कैदीबन्दीको रकम असुली गरेको आरोपमा कांग्रेसका स्थानीय नेता पक्राउ
कांग्रेस नेता अभिषेक गिरीको घरमा प्रहरीको छापा
क्रियाशील सदस्यता वितरणका लागि काँग्रेसले खटायो ७७ जिल्लामा प्रतिनिधि (सूचीसहित)