काठमाडौंं । अभिनेत्री नीति शाह सर्वश्रेष्ठ डेब्यु अभिनेत्री घोषित भएकी छन् । अमेरिकाको न्यूयोर्कमा आयोजित ‘८८४८ हिमालय म्युजिक एन्ड फिल्म अवार्ड’मा उनले फिल्म ‘ज्वाइँ साब’ बाट यो अवार्ड प्राप्त गरेकी हुन् ।
‘ज्वाइँ साब’ नीतिको दोस्रो फिल्म हो । उनले अभिनयमा डेब्यु भने ‘खजुरे ब्रो’बाट गरेकी थिइन् । न्यूयोर्कस्थित मेलरोज बलरुमको हलमा आयोजित अवार्डमा अभिनेत्री पूजा चन्दले नीतिलाई अवार्ड प्रदान गरिन् । राजेश हमाल र शम्भुजीत बास्कोटासहित अमेरिकामा बसोबास गर्दै आएका थुप्रै कलाकार सहभागी अवार्ड कार्यक्रममा उत्कृष्ट अभिनेताको अवार्ड विजय बरालले फिल्म ‘पूर्णबहादुरको सारङ्गी’बाट जिते ।
कार्यक्रममा ‘छक्कापञ्जा ५’बाट केदार घिमिरे माग्ने बुढाले उत्कृष्ट कमेडी, ‘बेहुली फ्रम मेघौली’बाट स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्री, ‘१२ गाउँ’बाट समीर भट्टले उत्कृष्ट डेब्यु अभिनेता र ‘तेलभिसा’बाट शंकर घिमिरे उत्कृष्ट निर्देशक अवार्ड प्राप्त गरे ।
कार्यक्रममा ‘शाम्बाला’ उत्कृष्ट फिल्म घोषित भयो । कार्यक्रममा अभिनेत्री ऋचा घिमिरे उत्कृष्ट सहायक अभिनेत्री घोषित भइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २२ बैशाख २०८२, १३ : ५३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह