एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबारको दोस्रो खेलमा पञ्जाब किंग्सले सानदार जित निकालेको छ। लखनउ सुपर जायन्ट्सविरुद्ध ब्याटिङमा प्रभसिमरन सिंह र बलिङमा आर्शदीप सिंह चम्किँदा ३७ रनको जित निकालेको हो। यो जितसँगै पञ्जाब १५ अंकसहित तालिकाको दोस्रो स्थानमा उक्लिएको छ।
प्रभसिमरन सिंहले ४८ बलमा ९१ रन जोड्दा पञ्जाबले पाँच विकेटको क्षतिका २३६ रन बनाएको थियो। जवाफमा लखनउ सात विकेटको क्षतिमा १९९ रनमा सीमित भयो। लखनउलाई सस्तैमा समेट्न आर्शदीप सिंहले चार ओभर बलिङ गर्दा मात्र १६ रन दिएर महत्त्वपूर्ण तीन विकेट हात पारे।
जवाफी ब्याटिङकाक्रममा २७ रनमा नै तीन विकेट गुमाएको लखनउका लागि आयुस बडानीले सर्वाधिक ७४ रन जोडे। ४० बलको सामना गरेका उनले समान पाँचपाँच चौका र छक्का प्रहार गरे। अब्दुल समादले २४ बलमा ४५ रन जोडे।
यस अघि टस हारेर पहिले ब्याटिङ गरेको पन्जाबका लागि कप्तान श्रेयास ऐयारले २५ बलमा ४५ तथा शशांक सिंहले अविजित रहँदै १५ बलमा ३३ रन जोडे। पन्जाब १५ अंकसहित दोस्रो स्थानमा छ। लखनउ भने १० अंकसहित सातौं स्थानमा छ।
आइतबार नै भएको पहिलो खेलमा भने कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई एक रनले पराजित गरेको थियो। कोलकाताले दिएको २०७ रनको लक्ष्य पछ्याएको राजस्थानले पूरै २० ओभर खेल्दै आठ विकेटको क्षतिमा १०५ रन बनाएको हो।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २२ बैशाख २०८२, ०६ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित