काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब बराबर तरलता खिच्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा ऋण दिन मिल्ने रकम (तरलता) धेरै भएपछि त्यसको व्यवस्थापनका लागि निक्षेप संकलन उपकरण मार्फत राष्ट्र बैंकले २१ दिनका लागि उक्त रकम तान्न लागेको हो ।
राष्ट्र बैंकले सूचना जारी गरेर यसका लागि आज दिउँसो ३ बजेसम्म अनलाइन बोलकबोल गर्न सकिने जानकारी दिएको छ । राष्ट्र बैंकले सातामा दुई पटक आइतबार र बुधबार निक्षेप संकलन उपकरण मार्फत बैंकिङ प्रणालीबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज फेरि उक्त परिमाण बराबर रकम तान्न लागेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २१ बैशाख २०८२, १२ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्र बैंकले ७० औँ वार्षिकोत्सव मनाउँदै
राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप उठाउने
नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्टले दिए राजीनामा
बैँकिङ प्रणालीबाट आज पनि ३० अर्ब तरलता तान्दै राष्ट्र बैंक
३० अर्ब तरलता खिच्दै राष्ट्र बैंक
राष्ट्र बैंकले औंल्यायो डिजिटल वित्तीय कारोबारका लागि तीन तहको सुरक्षा