काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारको विरुद्ध नयाँ आन्दोलन आवश्यक भएको बताएका छन्। दक्षिणकाली नगर सम्मेलनलाई सम्बोधन गर्दै भ्रष्टाचार र सामाजिक विभेदको विरुद्ध, सामाजिक न्यायको पक्षमा माओवादीले नयाँ क्रान्ति गर्न सक्ने बताए।
उनले भने, ‘अहिले हामी फेरि हाम्रो वर्ग र मुद्दासँग जोडिएका छौँ। हाम्रो नेतृत्वको सिङ्गो टिम नै खटेका छौँ। हाम्रो अभियानले जनतामा नयाँ विश्वास पैदा गरेको छ। त्यसैले सबैले राष्ट्रको निम्ति एकचोटी सबैले संकल्पको साथ लाग्नुपर्नेछ। संगठन निर्माण र जनतालाई बुझाउन आवश्यक छ।’
उनले आफू ७० वर्ष कटे पनि नयाँ आर्थिक र सामाजिक क्रान्तिको नेतृत्व गरेर समाजवादको आधार तयार पारेर मात्रै दुनियाँबाट जाने संकल्प गरेको बताए। उनले सबैले आँट गरे एक वर्षभित्र देशको राजनीतिक रङ्गमञ्च बदलिनसक्ने जिकिर गरे।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय धान दिवस: कृषि नीति किसानमुखी बनाउन प्रचण्डको जोड
कम्युनिष्टबिच सहकार्य गर्न ढिला गरे दुर्भाग्य हुन्छ : प्रचण्ड
आज एउटै मञ्चबाट सम्बोधन गर्दै ओली-प्रचण्ड
एमालेसँग सदन, सडक र निर्वाचनमा सहकार्य हुन्छ: प्रचण्ड
‘प्रचण्ड’को स्वास्थ्यमा क्रमिक सुधार
प्रचण्डलाई भएको के हो ? कति दिन बस्नुपर्छ अपस्ताल ?