काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)को शीर्ष स्थानका लागि तीव्र प्रतिस्पर्धा देखिएको छ। शुक्रबार राति भएको खेलमा गुजरात टाइटनले सन राइजर्स हैदरवादलाई हराएपछि शीर्ष स्थानको भिडन्त रोचक बनेको हो।
यो जितसँगै गुजरातले आईपीएलमा शीर्ष दुईको होडमा आफूलाई बलियो बनाएको छ। शुक्रबार भएको खेलमा गुजरातले हैदरावादलाई ३८ रनले हराएको हो। २२५ रनको लक्ष्य पछ्याएको हैदरावादले ६ विकेटको क्षतिमा १८६ रन मात्र बनाउन सक्यो।
हैदरावादका लागि अभिषेक शर्माले ४१ बलमा ७४ रन जोडे पनि त्यो जितका लागि पर्याप्त भएन। नितिस कुमार रेड्डीले अविजित रहँदै १० बलमा २१ तथा प्याट कुमिन्सले अविजित रहँदै १० बलमा १९ रन जोडे रेड्डी र कुमिन्स क्रिजमा आउनु अघि हैदरावादले धिमा गतिमा गरेको ब्याटिङका कारण जित असम्भव देखिएको थियो। गुजरातका प्रसिद्ध कृष्णले ४ ओभरमा १९ रन खर्चेर दुई विकेट लिए। उनी प्लेयर अफ द म्याच भए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले ६ विकेटको क्षतिमा २२४ रन जोडेको थियो। गुजरातका लागि कप्तान शुभमन गिलले ३८ बलमा ७६ रनको सानदार अर्धशतकीय पारी खेले। साथै जोस बटलरले ३७ बला ६४ रन जोडे। साई सुदर्शनले २३ बलमा ४८ रनको योगदान दिएका थिए।
हैदरावादका जयदेव उन्नकादले ४ ओभरमा ३५ रन खर्चेर तीन विकेट लिए। गुजरातको १० खेलमा १४ अङ्क तथा हैदरावादको १० खेलमा ६ अङ्क छ।
शीर्ष स्थानको होडमा रहेका मुम्बई इन्डियन्स, गुजरात र आरसिबीले समान १४–१४ अंक बनाएका छन्। रनरेटका आधारमा मुम्बई शीर्ष स्थानमा छ भने गुजरात दोस्रो र आरसिबी तेस्रो स्थानमाछन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २० बैशाख २०८२, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित