राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेश​

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, १४ : २८
राजदूत घिमिरेद्वारा राजा चार्ल्स तृतीयसमक्ष ओहोदाको प्रमाणपत्र पेश​

काठमाडौं।  बेलायतका लागि नवनियुक्त राजदूत चन्द्रकुमार घिमिरेले राजा चार्ल्स तृतीयसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् ।

बकिङ्घम दरबारमा एक औपचारिक कार्यक्रमबीच राजदूत घिमिरेले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नु भएको बेलायतस्थित नेपाली दुतावासका उपनियोग प्रमुख विपिन दुवाडीले जानकारी दिए ।

त्यस अवसरमा दुई मुलुकबीचको २०९ वर्षे कूटनीतिक सम्बन्ध स्मरण गर्दै राजा चार्ल्सले नेपालको विकास प्राथमिकता र यसको प्रगतिमा आफूहरूको सहयोग रहने बताए । उनले आफ्नो व्यक्तिगत सम्बन्ध र नेपाल भ्रमणका कैयौं क्षण स्मरण गर्नुभएको राजदूत दुवाडीले बताए ।

 

 

 

 

 

 

प्रमाणपत्र ग्रहण गर्दै, राजा चार्ल्स ले राजदूत घिमिरेलाई बेलायतका लागि नेपाली राजदूतको नियुक्तिका लागि बधाई ज्ञापन गर्दै नेपालसँग र बेलायतको द्विपक्षीय सम्बन्ध थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गर्नुभएको दूतावासले जनाएको छ ।

कार्यक्रममा राजदूत घिमिरेले नेपाल र बेलायतबीचको दुई शताब्दीभन्दा लामो अटल मित्रतामा जोड दिँदै नेपालको सामाजिक–आर्थिक विकास पहलहरूमा बेलायतको निरन्तर सहयोगका लागि कृतज्ञता व्यक्त गर्दै पारस्परिक हितका क्षेत्रमा सहकार्य थप बढाउन  आवश्यक रहेको बताए ।

 

 

 

सो समारोहमा राजदूत घिमिरेले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी ओलीकोतर्फबाट राजा चार्ल्स  तृतीयको व्यक्तिगत हित र बेलायती जनताको दिगो समृद्धिको कामनासहित पठाएको शुभकामना सन्देश सुनाएका थिए ।

सन् १९३४ मा लन्डनमा नेपालको मिसन स्थापना भएयता औपचारिक रूपमा राजदूतको भूमिका निभाउने घिमिरे २३औं राजदूत बनेका हुन् । समारोहमा राजदूत पत्नी सरिता न्यौपाने घिमिरे र दूतावासका कर्मचारी पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस