मनाङ । गृहमन्त्री रमेश लेखकले विपद् प्रतिकार्य एवं उद्दारका क्षेत्रमा सशस्त्र प्रहरी बल देश तथा विदेशका मानिसको विश्वास र भरोसा गर्ने संस्थाका रुपमा विकास हुँदै गएको बताएका छन् ।
शुक्रबार बिहान मनाङमा आयोजित सशस्त्र प्रहरी बल नेपाल पर्वतीय उद्दार तालिम शिक्षालयबाट प्रशिक्षित प्रशिक्षार्थीको दीक्षान्त समारोहमा बोल्दै गृहमन्त्री लेखकले हरेक स्थानमा हुने विपद् जोखिमको उद्दार र सिमा सुरक्षाका कारण सशस्त्र प्रहरी अब्बल बन्दै गएको बताएका हुन् ।
‘सीमा सुरक्षा, अपराध नियन्त्रणका साथै मानिस आक्रान्त भएको अवस्थामा सशस्त्र प्रहरीको योगदान सह्रानीय छ । यही योगदानले सशस्त्र प्रहरी देश तथा विश्वका मानिसको भरोसायोग्य बनेको छ । यसलाई थप उत्कृष्ट बनाउन लागिपरेका छौं,’ गृहमन्त्री लेखकले भने, ‘मनाङ स्वर्गको आभास गर्ने पर्यटकीय क्षेत्र भएकाले यहाँ हुने पर्वतीय जोखिम उद्दारमा सशस्त्रले सहयोग पुर्याउने गरी प्रशिक्षण दिएर उत्पादन गरेका प्रशिक्षार्थीले स्थानीयका साथै पर्यटकलाई पनि सहज हुनेछ ।’
विश्वकै जोखिमयुक्त मानिएको अन्नपूर्ण संरक्षण क्षेत्रअन्तर्गतको पदमार्गमा आउने पर्यटकलाई सुरक्षित यात्रामा मद्दत पुग्ने उनको विश्वास छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १४ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल