काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ चपाचोबाट जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार दिउँसो फुर्वासमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।
यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।
यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, १२ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ
नागढुंगा चेकपोस्टमा ७५ ग्राम खैरो हिरोइनसहित दुई भारतीय नागरिक पक्राउ
ब्राउन सुगरसहित दुई जना पक्राउ
गैरकानुनी रूपमा चिकित्सा अभ्यासमा संलग्न व्यक्ति पक्राउ
लागु औषध मुद्दाका दुई फरार प्रतिवादी पक्राउ