जुवातास खेलिरहेका १३ जना पक्राउ

सफल खबर संवाददाता

शुक्रबार, १९ बैशाख २०८२, १२ : २९
जुवातास खेलिरहेका १३ जना पक्राउ

काठमाडौं। भक्तपुरको मध्यपुर थिमी नगरपालिका-५ चपाचोबाट जुवातास खेलिरहेका १० जनालाई प्रहरीले पक्राउ गरेको छ । सिन्धुली मरिण गाउँपालिका घर भएका ४२ वर्षीय फुर्वा थिङको खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा बिहीबार दिउँसो फुर्वासमेत १० जनालाई प्रहरीले पक्राउ गरेको हो । 

जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ५९ हजार ५ सय ५० रूपैयाँ र ५ बुक ताससहित पक्राउ गरेको हो ।

यसैगरी भक्तपुर, मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित खाजा पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाडौं कोटेश्वर बस्ने नुवाकोट तादी गाउँपालिका-३ घर भएका ३२ वर्षीय सुजन दाहाल समेत ३ जनालाई बिहीबार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले उनीहरूलाई नगद ६३ हजार ५ सय रूपैयाँ र ९ बुक ताससहित पक्राउ गरेको हो ।

यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस