काठमाडौं । लगातार छैटौँ जितसहित मुम्बई इन्डियन इन्डियन प्रिमियर लिग (आईपीएल)को अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। बिहीबार भएको खेलमा मुम्बईले राजस्थान रोयल्सलाई १०० रनले हरायो। पराजित राजस्थान भने बाहिरिएको छ। जयपुरमा मुम्बईको सन् २०१२ पछिको पहिलो जित हो।
२१८ रनको लक्ष्य पछ्याएको राजस्थान १६.१ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै ११७ रनमा सीमित भयो। राजस्थानका जोफ्रा आर्चरले सर्वाधिक ३० रन जोडे। राजस्थानलाई कम योगफलमा सीमित गर्ने क्रममा करण शर्माले चार ओभरमा २३ रन खर्चेर तीन तथा ट्रेन्ट बोल्टले २.१ ओभरमा २८ रन खर्चेर ३ विकेट लिए। जसप्रित बुमराहले चार ओभरमा १५ रन खर्चेर दुई विकेट लिए।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको मुम्बईले दुई विकेटको क्षतिमा २१७ रन जोडेको थियो। मुम्बईका लागि प्लेयर अफ द म्याच समेत घोषित रेन रिकेल्टनले ३८ बलमा ६१ रन जोडे। उनले रोहित शर्मासँग पहिलो विकेटका लागि ११६ रनको साझेदारी गरे। १२ औँ ओभरको पाँचौँ बलमा थक्सेनाले उनलाई बोल्ड गरेका थिए। रोहितले ३६ बलमा ५३ रन जोडे। सूर्य कुमार यादव र हार्दिक पाण्डे दुई रनले अर्धशतक बनाउन चुके। यादव र पाण्डेले समान २३-२३ बलमा ४८-४८ रन जोडे।
मुम्बई १४ अंकसहित शीर्ष स्थानमा पुगेको छ भने राजस्थान ११ खेल खेल्दा तीन जित र आठ हारसहित ६ अंक बनाएर तीन खेल बाँकी हुँदै बाहिरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १९ बैशाख २०८२, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने