काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले छिट्टै ठूलो आन्दोलन हुने बताएका छन् । बिहीबार १३६औँ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसरमा आयोजित कार्यक्रममा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले आन्दोलनका लागि तयार रहन आग्रह गरे ।
“मजदुर साथीहरू, तपाईंहरू राम्रो तयारीमा जानुस्, हामी छिट्टै हामी ठूलो आन्दोलनमा जानुपर्ने अवस्था छ,” उनले भने ।उनले तमाम समस्याका समाधान गर्न पार्टी तयार रहेको बताए । “तपाईंहरू विचार गर्नुहोला, समय छिट्टै नै आउँदै छ– एउटा नयाँ आन्दोलन, अभियान, क्रान्तिको । त्यसको नेतृत्व गर्न पार्टी तयार छ,” उनले भने ।
प्रचण्डले सरकारमा जाने रुचिसमेत नरहेको जिकिर गरे । “हामी अब फेरि एकचोटि यथास्थितिवादीसँग मिलेर सरकारमा जाने कुनै रुचि छैन । हामी हाम्रो जनतासँगै ठिक छौँ, वर्गसँगै ठिक छौँ । तपाईंहरू कन्फ्युजनमा नपर्नुहोला,” उनले भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १५ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विवेक पुर्याएरै सत्तारुढ दलसँग समझदारी गरेका हौं : प्रचण्ड
प्रचण्ड र पूर्णबहादुरबीच छलफल जारी
भूकम्प प्रभावितको पुनर्स्थापना गर्न सरकारलाई आग्रह गर्छु : प्रचण्ड
प्रचण्ड र देउवाबिच टेलिफोन कुराकानी
प्रचण्ड र सुदूरपश्चिम संसदीय दलका नेताहरूबिचको छलफल स्थगित
भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न बारपाक पुगे प्रचण्ड