काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारको आगामी नीति तथा कार्यक्रम र बजेट श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी ल्याउनुपर्ने बताएका छन् ।अन्तराृष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपाल ट्रेड युनियन कांग्रेसले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा सभापति देउवाले यस्तो बताएका हुन् ।
‘श्रमिकलाई पूर्ण अधिकार सम्पन्न बनाएर रोजगार वृद्धि गर्नेगरी सरकारको नीति तथा कार्यक्रम र नयाँ बजेट ल्याउनुपर्छ भन्ने मेरो मान्यता रहेको छ,’ सभापति देउवाले भने ।श्रमिकलाई अधिकार दिलाउनका लागि आफ्नो पार्टी सधैं अग्रस्थानमा रहेको उनले जिकिर गरे ।
‘हरेक राजनीतिक र अधिकार प्राप्तिका लागि श्रमिकको महत्त्वपूर्ण सहभागिता रहँदै आएको छ । नेपाली कांग्रेस श्रमिक अधिकार दिलाउनका लागि सधैं अग्रस्थानमा छ,’ सभापति देउवाले भने, ‘नेपालको संविधानले रोजगारी र श्रमिक एवं योगदानमा आधारित सामाजिक सुरक्षाको हक सुरक्षित गरेको छ । श्रम ऐन, ट्रेड युनियन लगायतका कानुन नेपाली कांग्रेसकै सरकार भएको बेलामा आएका हुन् ।’
सामाजिक सुरक्षाले श्रमिकको आत्मसम्मान गर्दै भविष्यको पनि सुनिश्चितता गर्छ भन्ने विश्वास आफूले लिएको देउवाको भनाइ छ ।‘स्वदेशमै रोजगारी सिर्जना गरी युवाशक्ति स्वदेशमै रहेन र स्वदेशमै ज्ञान सिप वृद्धिको विकास लगानी गर्ने वातावरण गराएर समृद्ध नेपालको सपना पूरा गर्नु छ,’ देउवाले सम्बोधनको क्रममा भने ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, १२ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अबको बाटो संकल्प र कार्यान्वयनको हो, कुराभन्दा काममा ध्यान दिऔँ : देउवा
मधेसमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छ : सभापति देउवा
जलवायु परिवर्तनका असरबाट नेपाल सबैभन्दा बढी प्रभावित छ : सभापति देउवा
सिंहदरबारमा शीर्ष नेताहरूबिच छलफल हुँदै
बलिदानबाट प्राप्त उपलब्धिको रक्षा गर्नु सबैको जिम्मेवारी : देउवा
प्रधानमन्त्री ओली, कांग्रेस सभापति देउवा र गृहमन्त्रीबीच बालुवाटारमा छलफल