काठमाडौ । आजदेखि पेट्रोलियम पदार्थको नयाँ मूल्य कायम भएको छ ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाउने निर्णय गरेअनुसार नयाँ मूल्य आजदेखि कायम भएको हो ।
निगम सञ्चालक समितिको बुधवार बसेको बैठकले पेट्रोल, डिजेल र मट्टितेलका साथै हवाई इन्धनको मूल्य घटाएको थियो ।
जसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटेको छ भने डिजेल र मट्टितेलको मूल्य १ रुपैयाँ घटेको छ । यस्तै हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ४ रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ २९ डलर प्रतिकिलो लिटर घटाइएको छ ।
यससँगै अब काठमाडौँमा पेट्रोलको १५८ र डिजेलको १४५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १८ बैशाख २०८२, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आजदेखि पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि : कतिमा हुदैछ कारोबार ?
बढेको पेट्रोलियम पदार्थको मूल्य आजदेखि लागू, कति पुग्यो लिटरको ?
एक खर्ब २३ अर्ब ६७ करोडको पेट्रोलियम पदार्थ आयात
बढ्यो पेट्रोलियम पदार्थको मूल्य
पेट्रोलियम पदार्थको मूल्य घटेसँगै आजदेखि कति पर्छ ?
घट्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलमा चार र डिजेलमा पाँच रुपैयाँ