काठमाडौँ । राजधानी काठमाडौँसहित देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा कम्तीमा ५ जनाको मृत्यु भएको छ ।
काठमाडौँ, बुढानीलकण्ठ नगरपालिका-५ विष्णुमती पुलस्थित सडकमा बा.८४ प ४५४४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकलमा सवार हाल नाम, थर, वतन नखुलेका अन्दाजी २२ वर्षीय पुरुषको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको त्रिवि शिक्षण अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ ।
मोरङ, धनपालथान गाउँपालिका-२ ललिया टोलस्थित सडकमा को.२१ प १६५६ नम्बरको मोटरसाइकल अनियन्त्रित भई गए राति दुर्घटना हुँदा चालक सोही ठाउँ बस्ने ३७ वर्षीय विजय मण्डलको घटनास्थलमै मृत्यु भएको छ ।
झापा, भद्रपुर नगरपालिका-२ चारआलीस्थित सडकमा मे.१ च ५४४७ नम्बरको पिकअपले बिआर ३७ भि २१२७ नम्बरको मोटरसाइकललाई मंगलबार बेलुकी ठक्कर दिँदा मोटरसाइकल चालक सोही गाउँपालिका-१ बस्ने ३५ वर्षीय दिलिप राजबंशीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको ओमसाई पाथीभारा अस्पताल भद्रपुरमा उपचारको क्रममा मृत्यु भएको हो । पिकअप चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
खोटाङ, बराहपोखरी गाउँपालिका-६ मौवाबोटेस्थित सडकमा प्र.२-०३-००१ त ८१८८ नम्बरको ट्याक्टर अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा ट्याक्टरका सहचालक जन्तेढुङ्गा गाउँपालिका-५ बस्ने २१ वर्षीय रोशन विकको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका चालक समेत २ जनालाई उपचारको लागि धरान घोपातर्फ पठाइएको छ ।
डोटी, जोरायल गाउँपालिका-२ मेल खोलास्थित सडकमा धनगढीबाट बैतडी पुर्चौडीतर्फ जाँदै गरेको सु.प.प्र.०२-००१ ज ०५६७ नम्बरको ईभी हाइस अनियन्त्रित भई मंगलबार राति दुर्घटना हुँदा हाइसमा सवार बैतडी डीलासैनी गाउँपालिका-४ बस्ने ४५ वर्षीय हर्क बहादुर नेगीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको माया मेट्रो अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका हाइसमा सवार ६ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १५ : २६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
छुट्टाछुट्टै सवारी दुर्घटनामा ६ जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा सात जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
विभिन्न जिल्लामा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
छुट्टाछुट्टै दुर्घटनामा तीन जनाको मृत्यु
सवारी दुर्घटनामा दुई जनाको मृत्यु