काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का विदेश विभाग प्रमुख विजय चौथाइवाले नेपाल आएका छन्। बुधबार नेपाल आएका उनले गृहमन्त्री रमेश लेखकसँग भेटवार्ता गरिसकेका छन्।गृहमन्त्री लेखक र भाजपा विदेश विभाग प्रमुख चौथाइवालेबीच बुधबार दिउँसो गृह मन्त्रालयमा भेटवार्ता भएको गृह मन्त्री लेखकको सचिवालयले जनाएको छ।
भेटका क्रममा नेपाल र भारत बीचको बहुआयामिक सम्बन्धलाई थप सुदृढ बनाउनेबारे सकारात्मक छलफल भएको मन्त्री लेखकको सचिवालयको भनाइ छ। चौथाईवालेको नेपाल भ्रमण र भेटघाटहरूले द्विपक्षीय सम्बन्धमा सकारात्मक प्रभाव पार्ने आफूले विश्वास लिएको गृहमन्त्रीको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, १५ : २५
लेखकबाट थप