काठमाडौं । इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत मंगलबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सले १४ रनको जित निकालेको छ। सुनिल नारायणको अलराउण्ड प्रदर्शनमा कलकताले दिल्ली क्यापिटललाई १४ रनले हराएको हो।
कलकताले दिएको २०५ रनका लक्ष्य पछ्याएको दिल्लीले ९ विकेटको क्षतिमा १९० रन मात्र बनाउन सक्यो।
६.३ ओभरमा दिल्लीले तीन विकेट गुमाउँदै ६० रन जोडेको समयमा कलकता बलियो देखिएको थियो। त्यसको लगत्तै कप्तान अक्षर पटेल र फाफ डु प्लेसिसको शानदार ब्याटिङले दिल्ली जित नजिक पुगेको थियो।
१४ औँ ओभरको दोस्रो बलमा नारायणले पटेललाई आउट गरेपछि खेल कलकताको पक्षमा मोडिएको हो। पटेलले २३ बलमा ४३ रन प्रहार गरे। उनले डु प्लेसिससँग मिलेर चौथो विकेटका लागि ७६ रनको साझेदारी गरे।
त्यस अघि २.१ ओभर बलिङ गर्दा नारायणले कुनै विकेट नलिई २५ रन खर्चिएका थिए। वरुण चक्रवर्तीले पनि तीन ओभरमा ३१ रन खर्चेर कुनै विकेट लिएका थिएनन्। कलकताको मुख्य हतियार नै निस्तेज भएपछि हारको नजिक पुगेको थियो। त्यसपछि बाँकी रहेको १७ बलामा यो जोडीले १२ रन दिएर ५ विकेट लिएको हो। त्यो नै जितको कारण समेत बन्यो। डु प्लेसिसले ४५ बलमा ६२ रन प्रहार गरे।
दिल्लीका लागि विपराज निगमले १९ बलमा ३८ रन प्रहार गरे। कलकताका नारायणले चार ओभरमा २९ रन खर्चेर तीन विकेट लिए। चक्रवर्तीले चार ओभरमा ३९ रन खर्चेर दुई विकेट लिए। अङ्कुल रोयले चार ओभरमा २७ रन खर्चेर एक विकेट लिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १७ बैशाख २०८२, ०६ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित