काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले लिएको परीक्षामा फेल भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १० महिनासम्म सुशासन दिन असफल भएका प्रधानमन्त्रीले हाल आएर आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्नु हास्यास्पद भएको बताए । ‘सुशासन आयोगको औचित्य के हो ? आयोग केका लागि हो ? हाम्रो सरकारी संयन्त्रहरु फेल भइसक्यो ?’, उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीजीको नेतृत्वमा ५१ वटा निकाय छ, त्यो निकायले के काम गर्यो हामी जान्न चाहान्छौँ । यदि हाम्रो संयन्त्रहरु विश्वास छैन भने किन त्यसलाई राख्ने ?’ उनले जसले सम्पत्ति विवरणसमेत सार्वजनिक गर्दैन, उसकै नेतृत्वमा सुशासन आयोग बनाइनु हास्यास्पद भएको समेत बताए । उनले ओलीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरु बढिरहेको समेत बताए ।
उनले राजतन्त्रमा पनि शाही आयोग भएको स्मण गर्दै भने, ‘अहिलेको आयोगको औचित्य के हो ? त्यसले गर्ने निर्णय के हो ? आज जनतालाई झुक्याउने र गुमराहमा बनाउने खेल हामीलाई स्वीकार्य छैन ।’
उनले उनले सुशासन र काम गर्न नसकेपछि के गर्ने भन्ने सवाल हालै राजीनामा दिएकी विद्या भट्टराईसँग सिक्न समेत सुझाव दिए । उनले भने, ‘विद्या भट्टराईले आफूले गर्न नसकेपछि जिम्मेवारी छाड्नु भयो, तपाईंपनि त्यसै गर्नुस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
पेट्रोलियम पदार्थमा कर संरचना घटाउन आग्रह, मूल्य अन्तरबारे उठाइयो प्रश्न
रवि लामिछानेलाई प्रभु साहले पनि भेटे
प्रधानमन्त्रीलाई प्रभु साहको प्रश्न- ‘सरकारको आयु सकिने बेला आयोगको म्याद किन लम्बिएयो ?’
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह