काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओली आफैँले लिएको परीक्षामा फेल भएको बताएका छन् ।
आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले १० महिनासम्म सुशासन दिन असफल भएका प्रधानमन्त्रीले हाल आएर आफ्नै नेतृत्वमा सुशासन आयोग गठन गर्नु हास्यास्पद भएको बताए । ‘सुशासन आयोगको औचित्य के हो ? आयोग केका लागि हो ? हाम्रो सरकारी संयन्त्रहरु फेल भइसक्यो ?’, उनले प्रश्न गरे, ‘प्रधानमन्त्रीजीको नेतृत्वमा ५१ वटा निकाय छ, त्यो निकायले के काम गर्यो हामी जान्न चाहान्छौँ । यदि हाम्रो संयन्त्रहरु विश्वास छैन भने किन त्यसलाई राख्ने ?’ उनले जसले सम्पत्ति विवरणसमेत सार्वजनिक गर्दैन, उसकै नेतृत्वमा सुशासन आयोग बनाइनु हास्यास्पद भएको समेत बताए । उनले ओलीको कार्यशैलीकै कारण सडकमा प्रदर्शनहरु बढिरहेको समेत बताए ।
उनले राजतन्त्रमा पनि शाही आयोग भएको स्मण गर्दै भने, ‘अहिलेको आयोगको औचित्य के हो ? त्यसले गर्ने निर्णय के हो ? आज जनतालाई झुक्याउने र गुमराहमा बनाउने खेल हामीलाई स्वीकार्य छैन ।’
उनले उनले सुशासन र काम गर्न नसकेपछि के गर्ने भन्ने सवाल हालै राजीनामा दिएकी विद्या भट्टराईसँग सिक्न समेत सुझाव दिए । उनले भने, ‘विद्या भट्टराईले आफूले गर्न नसकेपछि जिम्मेवारी छाड्नु भयो, तपाईंपनि त्यसै गर्नुस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १४ बैशाख २०८२, १४ : ०१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अहिले मुलुकमा देखिएको संकटको एक मात्र निकास भनेको निर्वाचन हो : प्रभु साह
यो सरकारले 'जेनजी' आन्दोलन सम्बोधन गर्न सकेन : प्रभु साह
मधेशमा मुख्यमन्त्रीको गोप्य नियुक्तिलाई प्रभु साहले दिए अनैतिकताको संज्ञा
सुशीला र ओमप्रकाश अर्यालहरू केपी ओली र आरजुकै नयाँ भेरिएन्ट हुन्, यिनीहरूबाट निकास असम्भव : प्रभु साह
ठूला दलका नेतालाई बलपूर्वक विदाइ नगरे देश बन्दैन: प्रभु साह
एमालेले ओलीलाई अब अघि नलगाओस् : प्रभु साह