एजेन्सी । सन राइजर्स हैदरावादले शुक्रबार चेन्नई सुपर किङ्सको मैदानमा अहिलेसम्मकै पहिलो जित हात पारेको छ।
शुक्रबार कामिन्डु मेन्डिस र हर्सल पटेलको सानदार प्रदर्शन गरेको खेलमा हैदरावाद चेन्नईविरुद्ध पाँच विकेटले विजयी भएको हो। पहिलो पटक चेन्नईका लागि खेली रहेका डेवाल्ड ब्रेभिस र टोलीका कान्छा खेलाडी आयुष माथ्रेले भने राम्रो प्रदर्शन गरे।
हैदरावादले चेन्नईले दिएको १५५ रनको लक्ष्य ८ बल बाँकी रहँदा पाँच विकेटको क्षतिमा पूरा गरेको हो। हैदरावादका इशान किसनले ४४ रन जोडे भने मेन्डिसले अविजित रहँदै २२ बलमा ३२ रनको योगदान गरे।
चेन्नईका लागि नुर अहमदले चार ओभरमा ४२ रन खर्चेर दुई विकेट लिए भने अन्सुल खम्बुजले ३ ओभरमा १६ रन खर्चेर एक विकेट हात पारे।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नई एक बल बाँकी रहँदा सम्पूर्ण विकेट गुमाउँदै १५४ रनमा सीमित भएको थियो। उसका लागि ब्रेभिसले ४२ तथा माथ्रेले ३० रन जोडे। अन्य ब्याट्सम्यानले उल्लेख्य रन जोड्न सकेनन्।
हैदरावादका पटेलले चार ओभरमा २८ रन खर्चेर चार विकेट हात पारे। उनी प्लेयर अफ द म्याच बने। विजयी हैदरावाद ६ अङ्कसहित आठौँ स्थानमा छ भने पराजित चेन्नई चार अङ्कसहित पुछारमा छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १३ बैशाख २०८२, ०८ : ४१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित