काठमाडौं । प्रतिनिधिसभाको पाक्षिक क्यालेन्डर तयार भएको छ । संघीय संसद्को वर्षे अधिवेशन आज शुक्रबारदेखि सुरु हुँदैछ । आजदेखि यही ३१ वैशाखसम्मको क्यालेन्डर तयार भएको छ ।
प्रतिनिधिसभाको कार्य व्यवस्था परामर्श समितिको बैठकले १५ वैशाखसम्मको एउटा र १६ वैशाखदेखि ३१ वैशाखसम्मको अर्को क्यालेन्डर तयार पारेको हो ।
क्यालेन्डर अनुसार बैठक आज बस्नेछ । त्यसपछि १४ र १५ वैशाखमा बस्नेछ । त्यसपछि अर्को बैठक १६ वैशाख बस्नेछ । त्यसपछि बस्ने १९ वैशाखको बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ ।
नीति तथा कार्यक्रम संयुक्त सदनमा राष्ट्रपतिले प्रस्तुत गर्नेछन् । त्यसपछि २२, २३, २४, २५ २६, २८, ३० र ३१ वैशाखमा प्रतिनिधिसभाका बैठक बस्नेछन् । कुन दिन के विषय सदनमा अगाडि बढ्नेछन् भन्ने पनि प्रस्तावित छ । यसअनुसार २८ वैशाखमा प्रिबजेट छलफल सुरु हुनेछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १३ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आज प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, दुई विधेयक प्रस्तुत हुने
आज प्रतिनिधिसभा बैठक बस्दै, प्रधानमन्त्रीसँग प्रश्नोत्तर
प्रतिनिधिसभामा गुम्यो ओली सरकारको दुई तिहाई, राष्टिय सभामा अल्पमत
देश बहुआयामिक संकटको अवस्थाबाट गुज्रिरहेको छ: प्रचण्ड
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध