गोरखा । भूकम्प स्मृति दिवस कार्यक्रमलाई सम्बोधन गर्न पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड गोरखाको बारपाक पुगेका छन् ।
शुक्रबार अध्यक्ष प्रचण्डसँगै पूर्वउपप्रधान तथा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ लगायतका नेताहरु नेताहरु बारपाक पुगेका हुन् । 
कार्यक्रममा गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे पनि सहभागी छन् । २०७२ साल वैशाख १२ गते भूकम्प गएको समय ११ : ५६ मा मौनधारण गरेर कार्यक्रम सुरु भएको छ । कार्यक्रमलाई नेताहरुले सम्बोधन गर्दैछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, १२ : ३२
लेखकबाट थप