काठमाडौँ। तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो ।
०८१ चैत १५ गते तीनकुनेस्थित खुला चौरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले प्रदर्शन गरेका थिए । त्यसक्रममा भएको आगजनी र प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको थियो । तर प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले उक्त कार्यमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
थापालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ११ : ४४
लेखकबाट थप