काठमाडौँ। तीनकुनेको हिंसात्मक घटनामा संलग्न थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले काभ्रेपलाञ्चोकको धुलिखेल घर भएका ४० वर्षीय मनोज भन्ने मिनोज थापालाई पक्राउ गरेको हो ।
०८१ चैत १५ गते तीनकुनेस्थित खुला चौरमा राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरूले प्रदर्शन गरेका थिए । त्यसक्रममा भएको आगजनी र प्रहरीको गोली प्रहारबाट दुई जनाको मृत्यु भएको थियो । तर प्रदर्शनका क्रममा तोडफोड, लुटपाट र आगजनी भएपछि सरकारले उक्त कार्यमा संलग्नहरूलाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ ।
थापालाई काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १२ बैशाख २०८२, ११ : ४४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
तीनकुने घटना : आज सरकारी वकिलले जवाफ दिँदै
तीनकुने घटना : दुर्गा प्रसाईंसहित ५० प्रतिवादीको मुद्दामा थुनछेक बहस हुँदै
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
तीनकुने घटनाका प्रतिवादीको बयान सुरु
प्रहरीले बुझायो तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन, आइतबारमात्रै मुद्दा दर्ता हुने
तीनकुने घटनाको अनुसन्धान प्रतिवेदन बुझाउँदै प्रहरी, १ सय ८ जना प्रतिवादी बनाइने