काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौँमा लोकतन्त्र दिवसको सेलिब्रेसन कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमका सिलसिलामा भृकुटीमण्डप आसपासमा राखिएका राष्ट्रिय झण्डाको ‘पोजिसन’ लाई लिएर राजावादी दल राप्रपाका एक पदाधिकारीले आपत्ति जनाएका छन् ।
राप्रपा महामन्त्री शरदराज पाठकले कार्यक्रम स्थलमा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै आपत्ति जनाएका हुन् । यसरी केको शोक मनाइएको हो भन्ने उनको प्रश्न छ । फेसबुकमा स्ट्याटस लेख्दै पाठकले भनेका छन्, ‘तपाईँहरूको पार्टीको झण्डा जेसुकै गर्नुस्, मतलब भएन। तर राष्ट्रिय झण्डाको यस्तो अपमान र मनपरीका लागि आयोजक मुख्य रूपमा अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल लगायतलाई दण्डित गरिनुपर्छ।’
भृकुटीमण्डप परिसरमा एमाले पार्टीको सूर्य चिन्ह अंकित झण्डासँगै राष्ट्रिय झण्डाहरु घोप्टो पारेर राखेको तस्बिर पनि उनले पोस्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको केन्द्रीय महाधिवेशन मंसिरमा हुने
राप्रपा काठमाडौंका अध्यक्षसहित १०७ जनाले दिए सामूहिक राजीनामा
आजदेखि राप्रपाको केन्द्रीय समिति बैठक बस्दै
राप्रपा अध्यक्ष लिङ्देनलाई दिलविकास राजभण्डारीको खुला पत्र, केन्द्रीय कार्यालय खाली गर्न माग
सदन अवरोध अन्त्यबारे राप्रपा प्रमुख सचेतकको दुई विकल्पसहितको टिप्पणी
प्रधानमन्त्रीको अभिव्यक्ति रेकर्डबाट हटाउन राप्रपाको माग