काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले आज काठमाडौँमा लोकतन्त्र दिवसको सेलिब्रेसन कार्यक्रम गर्दैछ । उक्त कार्यक्रमका सिलसिलामा भृकुटीमण्डप आसपासमा राखिएका राष्ट्रिय झण्डाको ‘पोजिसन’ लाई लिएर राजावादी दल राप्रपाका एक पदाधिकारीले आपत्ति जनाएका छन् ।
राप्रपा महामन्त्री शरदराज पाठकले कार्यक्रम स्थलमा राष्ट्रिय झण्डा आधा झुकाइएको भन्दै आपत्ति जनाएका हुन् । यसरी केको शोक मनाइएको हो भन्ने उनको प्रश्न छ । फेसबुकमा स्ट्याटस लेख्दै पाठकले भनेका छन्, ‘तपाईँहरूको पार्टीको झण्डा जेसुकै गर्नुस्, मतलब भएन। तर राष्ट्रिय झण्डाको यस्तो अपमान र मनपरीका लागि आयोजक मुख्य रूपमा अध्यक्ष केपी ओली र महासचिव शंकर पोखरेल लगायतलाई दण्डित गरिनुपर्छ।’
भृकुटीमण्डप परिसरमा एमाले पार्टीको सूर्य चिन्ह अंकित झण्डासँगै राष्ट्रिय झण्डाहरु घोप्टो पारेर राखेको तस्बिर पनि उनले पोस्ट गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, १२ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपा कार्यसम्पादन समितिको बैठक संस्थापन इतर पक्षले बहिष्कार गर्ने
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपाद्वारा केन्द्रीय कार्यसम्पादन बैठक आह्वान
राप्रपा संस्थापन इतर पक्षको बैठक बस्दै
राप्रपाले भन्यो : ‘जेन जेड विद्रोहको बलिदानलाई निष्कर्षमा नपुर्याई सम्झौता गरिनु गम्भीर चूक’
जीएसआई प्रस्तावबारे राप्रपाले माग्यो प्रधानमन्त्रीको जवाफ