एजेन्सी । इन्डियन प्रिमियर लिग (आईपीएल) मा मुम्बई इन्डियन्सले लगातार चौथो जित हात पारेको छ । मुम्बईले बुधबार भएको खेलमा सन राइजर्स हैदरावादालाई सात विकेटले हराउँदै चौथो जित हात पारेको हो ।
हैदरावादले दिएको १४४ रनको लक्ष्य मुम्बईले २६ बल बाँकी रहँदा तीन विकेटको क्षतिमा १४६ रन जोड्दै पूरा गर्यो । मुम्बईको जितमा रोहित शर्माले ७० रन जोडे । ४६ बलको सामना गरेका उनले आठ चौका र तीन छक्का प्रहार गरे । सूर्यकुमार यादवले १९ बलमा अविजित ४० रनको योगदान गरे । उनले पाँच चौका र दुई छक्का हिर्काए ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको हैदरावाद आठ विकेटको क्षतिमा १४३ रनमा सीमित भएको थियो । १३ रनमा चौथो तथा ३५ रनमा पाँचौँ विकेट गुमाएको हैदरावाका लागि हेन्रिक क्लासेन र अभिनव मनोहरले छैटौँ विकेटका लागि ९९ रनको साझेदार गरेका थिए ।
मुम्बईका लागि ट्रेन्ट बोल्टले चार ओभरमा २६ रन खर्चेर चार विकेट लिए । उनी प्लेयर अफ द म्याच बने ।दीपक चाहरले चार ओभरमा १२ रन खर्चेर दुई विकेट लिए। मुम्बईको ९ खेलमा १० अङ्क छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ११ बैशाख २०८२, ०७ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आईपीएल : मुम्बईविरुद्ध हैदरावाद ६ विकेटले विजयी
आईपीएल : गुजरातविरुद्ध आरसीबीको ५ विकेटको जित
आईपीएल : तिलकको शतकमा मुम्बईको विशाल जित, गुजरात ९९ रनले पराजित
आईपीएलमा हैदराबादको रोमान्चक जित, चेन्नाई १० रनले पराजित
आईपीएल : लखनउलाई पराजित गर्दै आरसिबी शीर्ष स्थानमा
आईपीएल क्रिकेट : राजस्थान रोयल्ससँग आरसीबी ६ विकेटले पराजित