काठमाडौं । केएल राहुल र अभिषेक पोरेलले अर्धशतक बनाएपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा छैटौं जित निकालेको छ । मंगलबार दिल्लीले लखनउ सुपर जायन्ट्सलाई ८ विकेटले हराएको हो ।
लखनउले दिएको १६० रनको लक्ष्य दिल्लीले १७.५ ओभरमा २ विकेटको क्षतिमा पूरा गर्यो । केएल राहुलले अविजित ५७ रन तथा अभिषेक पोरेलले ५१ रन बनाए । कप्तान अक्षर पटेल ३४ रनमा अविजित रहे । लखनउका लागि दुवै विकेट एइडेन मार्क्रमले लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लखनउले २० ओभरमा ६ विकेट गुमाएर १५९ रन बनाएको थियो । एइडेन मार्क्रमले ५२ तथा मिचेल मार्शले ४५ रन बनाए । आयुष बदोनीले ३६ रन बनाए ।
सुरुवाती १० ओभरमा १ विकेट गुमाएर ८७ रन बनाएपनि फिनिसिङ फितलो हुँदा लखनउले च्यालेन्जिङ योगफल खडा गर्न सकेन ।
दिल्लीका मुकेश कुमारले ४ ओभरमा ३३ रन दिएर ४ विकेट लिए । मिचेल स्टार्क र दुस्मान्था चमीराले १-१ विकेट लिए ।
यस जितसँगै दोस्रो स्थानको दिल्लीको ८ खेलमा १२ अंक भएको छ भने ९ खेलमा १० अंक भएको लखनउ पाँचौं स्थानमा छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १० बैशाख २०८२, ०७ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित