काठमाडौँ । गत वर्षको चैत महिनामा देशभर भएका आगलागीको घटनामा १५ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ७ जना पुरुष, ७ जना महिला र १ जना बालिका रहेका छन् ।
नेपाल प्रहरीले सार्वजनिक गरेको तथ्यांक अनुसार आगलागीमा परेर ९६ जना घाइते पनि भएका छन् । यसमध्ये ४२ जना पुरुष, ४५ जना महिला, ३ जना बालक र ६ जना बालिका रहेका छन् । आगलागीबाट ३९ जना विस्थापितसमेत भएका छन् ।
एक महिनाको अवधिमा ३५४ वटा घर र २५६ वटा गोठमा क्षति पुगेको प्रहरीको भनाई छ । यसबाट ३०६ वटा चौपायामा समेत क्षति पुगेको छ । आगलागीबाट ५२ करोड ६९ लाख ८५ हजार ६७० रुपैयाँ बराबरको धनमालमा अनुमानित क्षति पुगेको छ ।
प्रहरीका अनुसार चैत महिनामा कूल १ हजार ३२१ वटा आगलागीका घटना भएका छन् । यसमध्ये सबैभन्दा बढी कोशी प्रदेशमा ४३४ वटा आगलागीका घटना भएका छन् ।
त्यस्तै, मधेस प्रदेशमा १६१ वटा, बागमती प्रदेशमा १७९ वटा, उपत्यकामा ६८ वटा, गण्डकी प्रदेशमा ९० वटा, लुम्बिनी प्रदेशमा २२७ वटा, कर्णाली प्रदेशमा ६२ वटा तथा सुदूरपश्चिम प्रदेशमा १०० वटा आगलागीका घटना भएका छन् । आगलागी नियन्त्रणका लागि ९ हजार ३२० जना प्रहरी खटिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०९ बैशाख २०८२, १२ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बाजुराको मार्तडीमा आगलागी, करोडौँको क्षति
उत्तर प्रदेशमा ट्रकसँग बस ठोकिएर आगलागी हुँदा ३ जनाको मृत्यु, २४ घाइते, अधिकांश यात्रु नेपाली
सुक्खा मौसम लागेसँगै बढे आगलागीका घटना
हङकङमा आगलागीमा परेर मर्नेको संख्या ४४ पुग्यो, २७९ जना अझै बेपत्ता
विराटनगरमा ‘भीषण’ आगलागी, नियन्त्रणको प्रयास जारी
आगलागीका घटनामा वृद्धि, एकै दिन नौ स्थानमा आगलागी