काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को आह्वानमा आइतबार राजधानीमा गरिएको प्रदर्शन सम्पन्न भएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले राजसंस्थाको पुनर्स्थापना, संघीयताको खारेजी, भ्रष्टाचारलगायतको विरोधमा आयोजना गरिएको प्रदर्शन सम्पन्न भएको बताए ।
राप्रपाका नेता कार्यकर्ता बिजुली बजारमा भेला भएर नाराबाजीसहित प्रदर्शनमा सहभागी भएका थिए । सो क्रममा बिजुली बजारबाट नयाँ बानेश्वरस्थित निषेधित घेरा नजिक पुगेर कार्यकर्ताहरु प्रदर्शनमा सहभागी भएका थिए ।
उता सिंहदबारस्थित संसदीय दलको कार्यालयमा भेला भएर राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायतका नेताहरूले सिंहदरबारभित्रै प्रदर्शन गरेका थिए । उनीहरूले सिंहदबारमा पर्चासहित प्रदर्शन गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ ।
प्रहरी नियन्त्रणमा रहेकाहरुमा लिङ्देनसहित उपाध्यक्ष बुद्धिमान तामाङ र प्रवक्ता ज्ञानेन्द्र शाही रहेका छन् ।उनीहरुलाई अहिले जिल्ला प्रहरी परिसर काठमाडौँमा राखिएको छ । यसैबीच राप्रपाले केन्द्रीय कार्यसम्पादन समितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी अध्यक्षसहितका नेताहरु पक्राउ परेसँगै अपराह्न ४ बजेपछि बस्नेगरी पार्टी कार्यालय धुम्बाराहीमा आकस्मिक बैठक तय गरिएको प्रवक्ता श्रेष्ठले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०७ बैशाख २०८२, १५ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक