एजेन्सी । भारतमा जारी इन्डियन प्रिमियर लिग क्रिकेटमा आज पनि दुई खेल हुँदैछन् । आज आइतबार दिउँसो र राति गरेर दुई खेल हुनेछन् ।
पहिलो खेलमा दिउँसो पञ्जाब किङ्स र रोयल च्यालेन्जर्स बेंगलुरु आमनेसामने हुनेछन् । खेल पौने ४ बजेदेखि चण्डीगढस्थित मुल्लानपुर क्रिकेट रंगशालामा सुरु हुनेछ ।
दुई टोली यसअघि खेलेको ४८ घण्टाभित्र दोस्रोपटक भिड्न लागेका हुन् । शुक्रबार बेंगलुरुको मैदानमा भएको खेलमा पञ्जाबले ५ विकेटको जित निकालेको थियो ।
अंकतालिकामा पञ्जाब ७ खेलमा १० अंकसहित तेस्रो स्थानमा छ भने ७ खेलमा ८ अंक भएको बेंगलुरु पाँचौं स्थानमा छ । आजको खेल जिते पञ्जाब शीर्षमा उक्लनेछ भने प्लेअफको सम्भावना पनि बलियो बनाउँदै लाने छ ।

प्रतिक्रिया दिनुहोस
एजेन्सी
आइतबार, ०७ बैशाख २०८२, १० : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुजरातलाई हराउँदै बेंगलुरु लगातार दोस्रो पटक आईपीएल च्याम्पियन
आईपीएल फाइनलमा आज : आरसिबी र गुजरातको भिड्दै : कसले मार्ला बाजी ?
आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने
आईपीएल : हैदरावादलाई हराउँदै राजस्थान दोस्रो क्वालिफायरमा
आईपीएलको लिग चरण समाप्त: क्वालिफायरमा आरसीबी र गुजरात भिड्ने
आईपीएलः रोमाञ्चक भिडन्तमा दिल्ली विजयी, राजस्थान पाँच विकेटले पराजित