बुटवल । बुटवलमा युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलको बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवल-११ मा बस्ने युवतीमाथि गोली चलेको बताए ।
कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रजिअ घिमिरेको भनाइ छ । युवतीको कम्मरमाथि गोली लागेको छ ।
उनी पाल्पाको रैनादेवी छहरा घर भइ बुटवल-११ बुद्धनगर बस्दै आएकी थिइन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको प्रहरी खोजीका लागि नेपाल-भारत सीमा नाकामा कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते
अमेरिकामा गोली चल्दा ४ जनाको मृत्यु, १२ घाइते
बालकोटमा गोली चल्यो, २ जना घाइते
सर्लाहीमा गोली हानेर एक जनाको हत्या, हत्यारा फरार