बुटवल । बुटवलमा युवतीमाथि गोली प्रहार भएको छ । इलाका प्रहरी कार्यालय, बुटवलका अनुसार बुटवलको बुद्धनगरमा बस्ने टीका विष्ट क्षेत्रीमाथि गोली प्रहार भएको हो ।
रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले बुटवल-११ मा बस्ने युवतीमाथि गोली चलेको बताए ।
कसले किन गोली चलायो भन्ने अनुसन्धान भइरहेको प्रजिअ घिमिरेको भनाइ छ । युवतीको कम्मरमाथि गोली लागेको छ ।
उनी पाल्पाको रैनादेवी छहरा घर भइ बुटवल-११ बुद्धनगर बस्दै आएकी थिइन् ।
उनको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । गोली प्रहार गर्ने व्यक्तिको प्रहरी खोजीका लागि नेपाल-भारत सीमा नाकामा कडाइ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०६ बैशाख २०८२, १० : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार