काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसम्पादन समिति बैठक बिहीबार बस्ने भएको छ । बैठक पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्नेछ।
आजको बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री तथा सांसद धवल शमशेर राणालगायतको पक्राउ, आगामी आन्दोलनको विविध पक्षलगायत विषयमा छलफल हुने जनाइएको छ।
उनीहरू गत चैत १५ गते काठमाडौँको तीनकुनेमा भएको राजावादीको आन्दोलनका क्रममा मिश्र र राणा पक्राउ परेका थिए। राप्रपाले उनीहरूको रिहाइको माग गर्दै आएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, १२ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास
राप्रपाले बोलायो केन्द्रीय कार्यसम्पादन समिति बैठक
तीनकुने घटना- छानबिन आयोग गठन गर्न सरकारलाई राप्रपाको ध्यानाकर्षण, गृहमन्त्रीको राजीनामा माग
शनिबार बुटवलमा शक्ति प्रदर्शन गर्दै राप्रपा