काठमाडौँ । हाल देशमा मुख्यतया स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी तथा भारतको उत्तर प्रदेश आसपास रहेको न्यून चापीय क्षेत्रको समेत आंशिक प्रभाव रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भू-भागका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ ।
आज कोशी प्रदेश लगायत देशको पहाडी भू-भागका केही स्थानहरू र बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । साथै कोशी प्रदेशको एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।
देशको उच्च पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ। मेघगर्जन, चट्याङ, वर्षा लगायत हिमपातका कारण कृषि, दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा समेत प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०४ बैशाख २०८२, ०७ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी चार प्रदेशमा आंशिक बदली
आज कस्तो रहला देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?
कस्तो रहला आज देशभरको मौसम ?