काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा पार्टीको आगामी आन्दोलन, तीनकुने आन्दोलनपछि पक्राउ पार्टी नेताहरुको रिहाइको मागलगायतका विषयमा छलफल र आवश्यक निर्णय हुने बताए ।राप्रपाले वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजसंस्थाको पक्षमा आफ्ना गतिविधि गर्दै आएको छ ।
सोहीअनुसार वैशाख ७ गतेसमेत राजधानीमा प्रदर्शनको तयारी गरेको राप्रपाले बैठकमा सो सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै