काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ । पार्टी प्रवक्ता मोहन श्रेष्ठले बिहीबार बिहान ११ बजे धुम्बाराहीमा बैठक बोलाइएको जानकारी दिए ।
बैठकमा पार्टीको आगामी आन्दोलन, तीनकुने आन्दोलनपछि पक्राउ पार्टी नेताहरुको रिहाइको मागलगायतका विषयमा छलफल र आवश्यक निर्णय हुने बताए ।राप्रपाले वर्तमान व्यवस्थालाई चुनौती दिँदै राजसंस्थाको पक्षमा आफ्ना गतिविधि गर्दै आएको छ ।
सोहीअनुसार वैशाख ७ गतेसमेत राजधानीमा प्रदर्शनको तयारी गरेको राप्रपाले बैठकमा सो सम्बन्धमा पनि आवश्यक निर्णय गर्ने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचनमा कुनै दलसँग सहकार्य नगरेका राष्ट्रिय प्रजातन्त्र पार्टीको स्पष्टीकरण
सबै भ्रष्टाचार काण्डको छानबिन माग गर्दै राप्रपाले बुझायो अख्तियारमा ज्ञापनपत्र