काठमाडौँ । सिराहामा चार महिनाअघि यौन दुर्व्यवहारमा परेर मंगलबार ज्यान गुमाएकी युवतीको घटनाबारे गृहमन्त्री रमेश लेखकले चासो राखेका छन् । चार महिनाअघि बलात्कार प्रयासबाट उम्किएकी नरहा गाउँपालिका, बर्छवाकी २५ वर्षीया आनन्दीदेवी सदाय नवराजपुर गाउँपालिका–३ दोनबारी टोलस्थित माइतिघरमा झुण्डिएको अवस्थामा भेटिएकी हुन् ।
गृहमन्त्री रमेश लेखकले घटनाबारे चासो राख्दै छानबिन गर्न आईजीपी दीपक थापालाई निर्देशन दिएका छन् । पुस ९ मा बरियारपट्टि गाउँपालिका–१ कचनारीको नरगीस्थित दिदीको घरमा गइरहेको बेला आनन्दीदेवीलाई दुई युवाले बगैँचामा लगेर बलात्कार प्रयास गरेका आरोप छ । उनले प्रहरीमा किटानी जाहेरी दिएकी थिइन् । तर, अहिलेसम्म आरोपी पक्राउ परेका छैनन् ।
जबर्जस्ती करणी उद्योग मुद्दामा जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको सिरहाका एसपी अनन्तराम शर्माले बताए । उनले भने, ‘जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुर पतारले पीडितले दिएको जाहेरी ढिला दर्ता गरेको पाइएको छ । पुस १० मा मेडिकल गरेपनि जाहेरी दर्ता ढिला गरेको भेटिएको जिल्ला प्रहरी कार्यालय सिरहाका एकजना अधिकृतले बताए ।
करणी उद्योगमा संलग्न दुईजना फरार छन् । उनीहरु भारत भागेको आशंका गरिएकोछ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, ११ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भिजिट भिसाको समस्या अब दीर्घकालीन रुपमै समाधान हुन्छ : गृहमन्त्री लेखक
नेपाल प्रहरीलाई आगामी वर्ष तलब, पोसाक र रासनमा कमी हुँदैन : गृहमन्त्री लेखक
गोताखोर बेपत्ता घटना बुझ्न गृहमन्त्री हल्चोकमा
गैरआवासीय नेपालीको माग सम्बोधन गर्न बेग्लै विधेयक आवश्यक पर्छ : गृहमन्त्री लेखक
इलाका प्रशासन कार्यालयबाट नागरिकता वितरण गर्ने प्रक्रिया अघि बढाएका छौँ : गृहमन्त्री लेखक
गृहमन्त्री लेखकलाई संसदमा बोल्न दिने माओवादीको संकेत