एजेन्सी । गाजामा ६ हप्ता युद्धविरामका लागि हतियार त्याग्न इजरायलले गरेको प्रस्ताव हमासले अस्वीकार गरेको छ।
बीबीसीका अनुसार यो जानकारी एक वरिष्ठ प्यालेस्टिनी अधिकारीले दिएका हुन्।
इजरायलको योजनाले युद्ध अन्त्य गर्ने कुनै प्रतिबद्धता नदेखाएको आरोप उनले लगाएका छन्।
हमासका मुख्य माग पनि इजरायली प्रस्तावमा समावेश थिएनन्। जसको बदलामा हमासद्वारा बन्धक बनाइएका आधालाई रिहा गर्न भनिएको थियो।
यो प्रस्ताव यस्तो समयमा आएको हो जतिबेला गाजामा इजरायलको सैन्य कारबाही जारी छ।
हालै गाजाको खान युनिसमा रहेको एक फिल्ड अस्पतालमा हवाई आक्रमण भएको थियो। जसमा एक सुरक्षा गार्ड मारिए भने ९ जना घाइते भएका छन्।
उक्त हमलामा इजरायली सेनाले हमासका एक नेता पनि मारिएको बताएको छ।
यसैबीच संयुक्त राष्ट्रसंघको एक एजेन्सीले ‘युद्ध सुरु भएदेखि १८ महिनामा गाजामा मानवीय अवस्था सबैभन्दा खराब अवस्थामा पुगेको’ बताएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०३ बैशाख २०८२, ०९ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
३७० किलोग्राम गाँजा बरामद
गाडी र मोटरसाइकलसहित ९२२ किलो गाँजा बरामद
चितवनमा ९५.१६५ केजी गाँजासहित एक जना पक्राउ
गाजामा भएको इजरायली आक्रमणमा सात जनाको मृत्यु
१०९ किलो गाँजासहित भारतीय कार प्रहरीको नियन्त्रणमा
दुई सय केजी गाँजा बरामद