काठमाडौं। भारतको उत्तर प्रदेशस्थित बहराइच जिल्लामा मंगलबार एक भयंकर सवारी दुर्घटना भएको छ । तीव्र गतिमा आइरहेको बसले अटो रिक्सालाई ठक्कर दिँदा एकै परिवारका ६ जनाको मृत्यु भएको छ भने आठभन्दा बढी गम्भीर घाइते भएका छन् ।
दुर्घटना गोंडा–बहराइच सडकखण्डको खुटेहना प्रहरी चौकीअन्तर्गत काटिलिया नजिकै भएको हो । मृतक र घाइतेहरू हुजुरपुर थाना क्षेत्रको हीरापुर गाउँका बासिन्दा रहेका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
उनीहरू अटो बुक गरी प्रयागपुर थाना क्षेत्रको कोलुहवा गाउँमा आफन्तको बिहेपछिको भोजमा सहभागी हुन जाँदै थिए ।
घटनास्थलमा ठूलो संख्यामा मानिसहरूको भीड लागेपछि गोंडा–बहराइच सडकमा लामो जाम लागेको थियो । सूचना पाएपछि पुगेको प्रहरीले एम्बुलेन्समार्फत् घाइतेलाई मेडिकल कलेज पठाएको छ भने शवहरूलाई पोस्टमार्टमका लागि मोर्चरीमा राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०२ बैशाख २०८२, १६ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु
बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
जुम्लाबाट हवाई उद्धार गरिएकी सुत्केरी महिलाको उपचारका क्रममा मृत्यु
सुतिरहेका बेला रुखले किचेर एक किशोरीको मृत्यु
पोखरीमा डुबेर युवकको मृत्यु
माटोको ढिस्कोले पुरिएर किशोरीको मृत्यु