काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले निजामती सेवामा कम्तिमा दुई वर्षको ‘कुलिङ पिरियड’ राख्नुपर्ने बताएका छन् । यसले पारदर्शिता बढाउने र स्वार्थको द्वन्द्वलाई कम गर्न मद्दत पुग्ने उनको भनाइ छ ।
संघीय निजामती सेवा विधेयकमा सरकारी कर्मचारी सेवानिवृत्त भएको २ वर्षसम्म संवैधानिक वा कूटनीतिक नियुक्ति तथा नेपाल सरकारले गर्ने अन्य कुनै नियुक्तिबाहेकको पदमा नियुक्ति लिन नपाउने व्यवस्था प्रस्ताव गरिएको छ । विधेयकअनुसार रिटार्यड सचिव र सहसचिवले पहिलो २ वर्षसम्म अन्तर सरकारी निकाय वा अन्तर्राष्ट्रिय विकास साझेदारबाहेकका निकायबाट सञ्चालित आयोजनामा कर्मचारी वा परामर्शदाताका रुपमा काम गर्न पनि नपाइने व्यवस्था छ ।
विधेयकमाथि संसदीय समितिमा छलफल हुँदा उच्च पदस्थ सरकारी कर्मचारीहरुलाई संवैधानिक निकाय, राजदूत वा अन्य पदमा नियुक्ति गर्दा कुलिङ पिरियडको पक्ष र विपक्षमा बहस भएको थियो । उच्चपदस्थ कर्मचारीहरु कुलिङ परियड राख्न नहुने पक्षमा छन् ।
तर कांग्रेस नेता कोइरालाले भनेका छन्, ‘कम्तीमा दुई वर्षको कुलिङ समय राख्नु पर्दछ । यसले पारदर्शिता बढाउने र कन्फिल्क्ट अफ इन्ट्रेस्टलाई कम गर्न मद्दत गर्दछ ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० चैत्र २०८१, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘युवाहरूको माग र मुद्दा सम्बोधन गराउन आवाज उठाउँदै आएको छु’ : शेखर कोइराला
पार्टी एकता जोगाउन संयमित धार रोजेको शेखर कोइरालाको दाबी
पार्टी नटुक्रियोस् भन्ने हो, संवादबाट विवाद सल्टिन्छ : शेखर कोइराला
काङ्ग्रेस सभापति देउवा र नेता शेखर कोइरालाबिच भेटवार्ता
शेखर कोइरालाले गरे पार्टीको पछिल्लो अवस्था बारेमा छलफल
आपसी मतभिन्नता र व्यक्तिगत महत्वकांक्षा समाप्त गर्नु जरुरी छ : शेखर कोइराला