काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य फेरि बढेको छ । आइतबार सुनको मूल्य हालसम्मकै उच्चबिन्दुमा पुगेर कारोबार भइरहेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा १ लाख ८६ हजार रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारमा शुक्रबार सुनको मूल्य तोलामा १ लाख ८५ हजार रुपैयाँ कायम थियो ।अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य वृद्धि भइरहेकाले स्थानीय बजारमा पनि त्यसको प्रभाव देखिएको हो ।
महासंघका अनुसार चाँदीको मूल्य पनि बढेको छ । शुक्रबार तोलामा १ हजार ९०५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार बढेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, १० : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनको मूल्य फेरि बढ्यो, तोलाको कति पुग्यो ?
सुनको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य घट्यो, चाँदीको बढ्यो
सुनको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनको मूल्य तोलामा तिन हजार घट्यो,कतिमा हुदैँछ कारोबार ?