काठमाडौं । अभिषेक शर्माको सानदार ब्याटिङको शतकमा आईपीएलको शनिबार भएको खेलमा सनराइजर्स हैदरावादले पञ्जाव किङ्सलाई आठ विकेटले हराएको छ। पन्जाबले दिएको २४६ रनको लक्ष्य पछ्याएको हैदरावादका लागि अभिषेक शर्माले १४१ रन जोडे। हैदरावादले ९ बल बाँकी रहँदा दुई विकेट गुमाउँदै २४७ रन बनायो।
अभिषेकको आईपीएलमा यो पहिलो शतक हो। साथै आईपीएल इतिहासमा यो तेस्रो ठुलो व्यक्तिगत स्कोर पनि हो। यस अघि सन् २०१३ मा क्रिस गेलले अविजित १७५ रन प्रहार गरेका थिए भने सन् २००८ मा ब्रेन्डन म्याककुलुमले अविजित १५८ रन प्रहार गरेका थिए।
१७ औँ ओभरको दोस्रो बलमा आर्सदीप सिंहको बलमा आउट भएका प्रारम्भिक ब्याट्सम्यान शर्माले ५५ बलको सामना गर्दै १४ चौका र १० छक्का प्रहार गरे। ट्रेभिस हेडले ३७ बलमा ६६ रन जोडे। यी दुईले पहिलो विकेटका लागि १७१ रनको साझेदारी गरे। आईपीएल इतिहासमा कुनै पनि विकेटका लागि भएको यो दोस्रो उत्कृष्ट साझेदारी हो।
अभिषेकले दुई पटक जीवनदान पाएका थिए। ४० बलमा शतक प्रहार गरेका अभिषेकले खुसी मनाउने क्रममा बगलीबाट ‘दिस वान इज फर द अरेन्ज आर्मी’ लेखको कागज झिकेका थिए। २८ रन जोडेको समयमा यास ठाकुरको बलमा छक्का प्रहार गर्दै नहेल बाधेराले क्याच लिए पनि अम्पायरले नोबल घोषणा गरेका थिए। ५७ रन जोडेको समयमा युजभेन्द्र चावलले आफ्नै बलमा अभिषेकको क्याच लिन सकेनन्। अभिषेक प्लेयर अफ द म्याच घोषित भए।
यस अघि टस जितेर पहिले ब्याटिङ गरेको पन्जाबले ६ विकेटको क्षतिमा २४५ रन जाडेको हो। पन्जाबका कप्तान श्रेयास ऐयारले ३६ बलमा ८२ रन जोडे। उनको पारीमा ६ चौका र ६ छक्का समावेश थियो। प्रभ्सिरमन सिंहले ४२ रनको योगदान गरे। प्रियांश आर्यले १३ बलमा नै ३६ रन जोडे।
मार्कोस स्टोनिसले ११ बलमा ३४ रनको योगदान गरे। उनले मोहम्मद सामीलाई लगातार चार छक्का प्रहार गरेका थिए। हैदरावादविरुद्ध चार ओभरमा ४२ रन खर्चे पनि चार विकेट लिए। चार ओभरमा ७५ रन खर्चिएका सामी भने आईपीएलको इतिहासका दोस्रो महँगो बलर साबित भए।
लगातार चार पराजयपछि जित हात पारेको हैदरावाद चार अंकसहित आठौँ स्थानमा छ। पञ्जाव भने ६ अंकसहित छैटौँ स्थानमा झरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३१ चैत्र २०८१, ०७ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आरसीबीले जित्यो पहिलोपटक आईपीएलको उपाधि
आईपीएल फाइनलमा आज पञ्जाब र आरसिबी भिड्दै
आईपीएलः दोस्रो क्वालिफायरमा आज पन्जाब र मुम्बई भिड्दै
आईपीएल: गुजरातलाई पराजित गर्दै मुम्बई दोस्रो क्वालिफायरमा प्रवेश
पन्जाबलाई हराउँदै बैंग्लोर आईपीएलको फाइनलमा
आईपीएल: पहिलो क्वालिफायरमा पन्जाब किंग्स र रोयल च्यालेन्जर्स बैंग्लोर भिड्ने