काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिन्दू धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगर्न आग्रह गरेका छ्न् । कानून समितिको बैठकमा उनले हिन्दू धर्मप्रति आफ्नो विश्वास रहेको बताए ।
उनले भने, ‘म व्यक्तिगतरूपमा पनि हिन्दू धर्मप्रति विश्वास भएको मान्छे हुँ । हिन्दू धर्म संसारको उत्कृष्ट दर्शनमा आधारित धर्म हो । त्यसमा द्वविधा छैन । तर, हिन्दू धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रुपमा प्रयोग नगरौं । मान्छेका सम्पत्तिमा आगो लगाएर पुण्य भयो ? जिउँदै घरभित्र मान्छे पोलेर पुण्य भयो ? अनि के चाहियो भन्दा हिन्दू राष्ट्र रे ! त्यसैले यसरी दुरुपयोग नगरौं ।’
उनले यो व्यवस्थाप्रति सरकार प्रतिबद्ध रहेको भन्दै तीनकुने घटनामा दोषी भएकाहरूलाई कारवाही गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन
गृहमन्त्री सुधन गुरुङलाई तत्काल बर्खास्त गर्न माग
गृहमन्त्रीले बोके इन्स्पेक्टर लामाको शव