काठमाडौं । गृहमन्त्री रमेश लेखकले हिन्दू धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रूपमा प्रयोग नगर्न आग्रह गरेका छ्न् । कानून समितिको बैठकमा उनले हिन्दू धर्मप्रति आफ्नो विश्वास रहेको बताए ।
उनले भने, ‘म व्यक्तिगतरूपमा पनि हिन्दू धर्मप्रति विश्वास भएको मान्छे हुँ । हिन्दू धर्म संसारको उत्कृष्ट दर्शनमा आधारित धर्म हो । त्यसमा द्वविधा छैन । तर, हिन्दू धर्मजस्तो संसारको उत्कृष्ट धर्मलाई निकृष्ट राजनीतिको रुपमा प्रयोग नगरौं । मान्छेका सम्पत्तिमा आगो लगाएर पुण्य भयो ? जिउँदै घरभित्र मान्छे पोलेर पुण्य भयो ? अनि के चाहियो भन्दा हिन्दू राष्ट्र रे ! त्यसैले यसरी दुरुपयोग नगरौं ।’
उनले यो व्यवस्थाप्रति सरकार प्रतिबद्ध रहेको भन्दै तीनकुने घटनामा दोषी भएकाहरूलाई कारवाही गर्ने बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १४ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रिय सुरक्षालाई साझा जिम्मेवारीका रूपमा बुझौँ: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
वर्तमान सरकारमा बस्नेलाई कुनै दलप्रति ढल्कने छुट छैन : गृहमन्त्री
सत्तामा टाँसिइरहने हाम्रो ध्यान छैन : गृहमन्त्री अर्याल
गृहमन्त्रीलाई कर्णालीका मुख्यमन्त्रीको प्रश्न- ठूला दललाई पाखा राखेर चुनाव हुन्छ ?
निर्वाचन बिथोलिन दिँदैनौँः गृहमन्त्री अर्याल