काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ महाभियानका संयोजक दुर्गा प्रसाईले आफू नआत्तिएको बताएका छन् । पक्राउ परेपछि भद्रपुर विमानस्थलमा प्रहरी नियन्त्रणकै क्रममा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँद उनले आफू नआत्तिएको र यो तस्करविरुद्धको लडाइँ भएको बताए ।
उनले आफूलाई प्रहरीले पक्राउ गरेको नभई आफैँ गिरफ्तारी दिएको पनि दाबी गरे । ‘म आत्तिएको छैन । यो तस्करविरुद्धको लडाइँ हो । अर्को कुरा मैले आफैँ पक्राउ देको है फेरि....’, उनले भने। भारतबाट पक्राउ परेका उनलाई प्रहरीले शुक्रबार काठमाडौँ ल्याएको छ । यद्यपि प्रहरीले उनलाई भद्रपुर क्षेत्रबाट पक्राउ गरिएको दाबी गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १३ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री भेट्न सुरक्षा दस्तासहित सिंहदरबार पुगे दुर्गा प्रसाईँ
सिंहदरवारमा प्रधानमन्त्री कार्की र दुर्गा प्रसाईंबीच वार्ता हुँदै
प्रधानमन्त्रीसँग वार्ताको तयारी भइरहेको छ : दुर्गा प्रसाईं
दुर्गा प्रसाईँलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश
दुर्गा प्रसाईंको बन्दी प्रत्यक्षीकरण रिटमाथि सुनुवाइ हुँदै
दुर्गा प्रसाईंको अभियानले फिर्ता लियो अनिश्चितकालीन नेपाल बन्दको कार्यक्रम