काठमाडौँ । नेकपा एमालेका मुख्य सचेतक महेश बर्तौँलाले चैत १५ गते राजावादीहरूको आन्दोलनका कमाण्डर दुर्गा प्रसाईँले प्रहरीलाई मार्ने उद्देश्यले गाडी चलाएको दाबी गरेका छन् ।
कानून समितिको बैठकमा बोल्दै मार्ने उद्देश्यले प्रहरीमाथि गाडी चढाउन खोज्दा समेत प्रहरीले शालिनता प्रस्तुत गरेको बताएका हुन्। उनले भने, ‘त्यहाँ ठूलो मानवीय क्षति हुनसक्ने हामीले भिडिओहरूबाट देख्छौँ । दुर्गा प्रसाईँजी प्रहरीको नियन्त्रणमा आइपुगेको भन्ने हामीले सुनेका छौँ । कोही कसैलाई पनि उन्मुक्ति नहोस्, कानून बमोजिम कारवाहीको दायरामा ल्याउनले कुरामा सरकारको दृढतापूर्वक पहलकदमी होस्।’
उनले यो प्रक्रियामा कहीँ न कहीँ पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि जबाफदेहिताको तहमा पनि ल्याइनुपर्ने बताए। उनले भने, ‘फागुन ७ गते पूर्वराजाले जुन आह्वान गर्नुभयो । उहाँले बेला आएको जनताहरुले साथ दिनुपर्छ भन्नुभएको छ। त्यसपछि घटनाहरू प्रारम्भ भएको देखिन्छ। यति ठूलो घटना हुँदा उहाँले सार्वजनिक गरेको आह्वानबाट उत्साही भएर जे घटना भइरहेका छन्, त्यो घटनासँग जोडेर कुनै प्रतिक्रिया दिनुभएको छ।’
उनले पूर्वराजाबारे पनि सार्वजनिक प्रश्न उठेको बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १२ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘राष्ट्रघाती अभिव्यक्तिको लागि प्रधानमन्त्रीले देशसँग माफी माग्नैपर्छ : एमाले
एमालेले बोलायो संसदीय दल र केन्द्रीय सचिवालय बैठक
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी