काठमाडौं । भारतबाट पक्राउ परेका दुर्गा प्रसाईंलाई झापा ल्याई पुर्याइएको छ । प्रहरीको विशेष टोलीले काँकडभिट्टा नाकाबाट प्रसाईंलाई नेपाल भित्र्याएको हो ।
उनलाई झापाबाट विमानमार्फत काठमाडौं ल्याइने प्रहरी उच्च स्रोतले जानकारी दियो । भारतीय क्षेत्रबाट झापा ल्याउन्जेल उनलाई नेपाल प्रहरी र सशस्त्र प्रहरीले स्कर्टिङ गरेका थिए ।
दुर्गा प्रसाईंलाई ल्याउँदै गर्दा काँकडभिट्टा नाकामा सुरक्षाकर्मीहरुको तैनाथी बढाइएको थियो । उनका आफन्त र केही समर्थकहरु पनि त्यहाँ भेला भएका थिए ।
प्रसाईंलाई पक्राउ गर्न नेपाल प्रहरीको विशेष ब्यूरो, काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली भारत पुगेको थियो । भारतको आसाम राज्यमा बिहीबार पक्राउ परेका प्रसाईंलाई शुक्रबार काठमाडौं ल्याउन लागिएको हो ।
राजसंस्था पुनर्स्थापनाका लागि भन्दै संयुक्त जनआन्दोलन परिचालन समितिले तीनकुनेमा चैत १५ गते गरेको प्रदर्शनको मुख्य कमाण्डर दुर्गा प्रसाईं थिए । सो प्रदर्शनले हिंसात्मक रुप लिँदा दुई जनाको मृत्यु भएको थियो भने निजी तथा सार्वजनिक सम्पत्तिमा तोडफोड र आगजनी भएको थियो ।
त्यसपछि प्रहरीलाई नै गाडीले पेलेर अघि बढेका प्रसाईं फरार भएका थिए । त्यसयता प्रहरीले उनको खोजी गरिरहेको थियो । यसबीचमा प्रसाईंले सामाजिक सञ्जालबाट भिडियो पोस्ट गर्दै आफू फरार नरहेको बताउँदै आएका थिए ।
प्रहरीले विभिन्न नाकामा टोली परिचालन गरेर खोजी गरिरहेका बेला उनी आफ्ना सहयोगीसहित भक्तपुर, सिन्धुली हुँदै विर्तामोडस्थित विएण्डसी मेडिकल कलेजमा पुगेको खुलेको थियो । त्यहाँबाट भागेर उनी भारत पसेका थिए ।
प्रसाईंलाई काठमाडौं ल्याएर संगठित अपराध, राज्यविरुद्धको कसुर, अपराधिक उपद्रव लगायतका अभियोगमा अनुसन्धान गर्ने प्रहरी तयारी छ । तीनकुने प्रदर्शनका बेला उनले प्रहरी अधिकारीहरुलाई नै किच्याउने गरी गाडी समेत हाँकेका थिए । यस्तोमा उनीविरुद्ध ज्यान मार्ने उद्योग गरेको कसुरमा पनि मुद्दा चल्न सक्ने एक अधिकृत बताउँछन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २८ चैत्र २०८१, १० : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा
वार्ताका लागि प्रधानमन्त्री र गृहमन्त्रीलाई सिडिओमार्फत दुर्गा प्रसाईँले पठाए पत्र
सुध्रिन तयार छु, देश छाडेर जा भने पनि रेडी : दुर्गा प्रसाईं
दुर्गा प्रसाईंलाई सरकारले बोलायो वार्तामा, सुरुमा काठमाडौं सिडिओले वार्ता गर्ने
दुर्गा प्रसाईंद्वारा बैठक आह्वान
राष्ट्रपति र संविधान दुवै निलम्बन गरेर सेनाले अन्तरिम सरकार घोषणा गर्नुपर्छ: दुर्गा प्रसाई